काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज(मंगलवार) ११ बजेबाट बस्दै छ । आजको बैठकमा पनि सरकारबाट जारी नीति तथा कार्याक्रममा छलफल हुनेछ ।
सरकारले आगमी आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रम गत ५ बैशाखमा संसद्मा पेश गरेको थियो । राष्ट्रिपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल भने ७ जेठबाट सुरु भएको थियो ।
बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्माले ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले नीति तथा कार्यक्रम टिप्पणी गरिसकेका छन् ।