अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारणलाइनका लागि ५९७ टावर बनाइँदै

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ ।
अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सात जिल्लामा ५ सय ९७ टावर निर्माण गर्ने भएको हो । अरुण तेस्रो आयोजनाको ४ सय केभी प्रसारण लाइन संखुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पु¥याइने बताइएको छ । आयोजनाले सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा प्रसारण लाइन निर्माणका बारेमा जानकारी दिएको हो ।

संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, मोहत्तरी हुँदै धनुषा पु¥याउने अरुण तेस्रो आयोजनाले जनाएको छ । विद्युत प्रसारण लाइन आयोजनाको विद्युत गृहस्थल चिचिला गाउँपालिकाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुग्ने छ । प्रसारण लाइनका लागि सङ्खुवासभा ५९, भोजपुर एक सय, खोटाङ ७९, उदयपुर १ सय ४७ , सिरहा २३ महोत्तरी ८७ र धनुषामा एक सय दुई वटा टावर रहने सतलज कम्पनीले जनाएको छ । उक्त टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत प्रक्रिया अघि बढाइएको छ । प्रसारण लाइन निर्माणमा संखुवासभामा ५९ वटा टावर निर्माण गर्ने भएको छ ।

भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माण कार्य धमाधम सञ्चालन भइसकेको छ । संखुवासभाको मकालु गाउँपालिका –५ फ्याक्सीन्दामा ड्याम साइडको काम भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा विद्युतगृह स्थलको निर्माण कार्य चलिरहेको आयोजनाले जनाएको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रोबाट ९ मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि करिव एक खर्ब २० अर्ब रुपैयाँ खर्च अनुमान गरिएको छ ।

प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ लिने छ ।

मङ्गलबार, ०९ जेठ, २०८०, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर