टाटाको ‘नेक्सन इभी म्याक्स’ विद्युतीय कार बजारमा

विराटनगर । टाटा कम्पनीको ‘नेक्सन इभी म्याक्स’ विद्युतीय कार बजारमा आएको छ ।टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेक्सन इभी म्याक्स विराटनगर स्थित गोयल अटोमा आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिबद्धता अनुरूप टाटा मोटर्सले नेक्सन इभी म्याक्सको विराटनगरमा विक्री वितरण शुभारम्भ गरेको छ । कम्पनीको सर्वोत्कृष्ट ढङ्गले विक्री भइरहेको नेक्सन इभी ४६ लाख ४९ हजार पर्ने कम्पनीले जनाएको छ ।

उक्त गाडीमा ७.२किलोवाटको वैकल्पिक चार्जको व्यवस्था गरिएको छ । उत्कृष्ट एवं दिगो “मोबिलिटी” मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाइ पुर्‍याउने अपेक्षा गरिएको सिप्रदी ट्रेडिङ्ग प्रा।लि। प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्त जंग सिजापतिले बताए । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीन वटा आकर्षक रङ्गहरूमा उपलब्ध छ ।
४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथियम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरू भन्दा ३३ प्रतिशतले बढी छ । ‘यस कारणले यो गाडीले विना कुनै झन्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेन्जको प्रत्याभूति गर्दछ ।

यसले ११० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बित्तिकै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७।२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ,’ उनले भने, ‘जसले ६।५ घण्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । जुन आफैमा अभूतपूर्व छ ।’

कार्यक्रममा बोल्दै महाप्रबन्धक सिजापति नेक्सन इभीको नयाँ संस्करण नेक्सन इभी म्याक्स विराटनगरमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । नयाँ विशेषताहरू र थप सुविधायुक्त यस गाडीले हाम्रा ग्राहकहरूको विश्वास जित्नेमा विश्वस्त रहेको उनले बताए । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बीज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरू भएको ज्वेल्ड सेन्ट्रल नबको व्यवस्था रहेको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा। लि।का तर्फबाट प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्त जंग सिजापति र टाटा मोटर्सका तर्फबाट नेपालका लागि कन्ट्री म्यानेजर प्रसन्न रंगनाथनको उपस्थिति रहेको थियो ।

आइतबार, ०७ जेठ, २०८०, दिउँसोको ०३:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर