तस्करीको २२ केजी गाँजा बरामद, भरिया खेदाउँदा प्रहरी घाइते

विराटनगर । भारत तस्करी हुन लागेको २२ केजी गाँजा प्रहरीले बरामद गरेको छ । विराटनगर–१८ मुसहर बस्तीबाट भारततर्फ तस्करी हुन लागेको गाँजा मोरङ प्रहरीले बरामद भएको हो ।

बरामद भएको गाँजा बोक्ने भरिया पक्राउ गर्न खोज्दा एक जना प्रहरी लडेर घाइते भएका छन् । २२ केजी गाँजा नियन्त्रणका क्रममा तस्कर भागेपछि लखेट्ने क्रममा प्रहरी सहायक हवलदार ३१ वर्षीय राजा साह घाइते भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए।

गाँजा छोडेर भागेका व्यक्तिलाई पक्राउ गर्न लखेट्ने क्रममा लडेर प्रहरी घाइते भएका थिए । उनको अस्पतालमा उपचार भइरहेको छ ।

बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गरिरहेका बेला प्रहरीले बरामद गरेको थियो ।

आइतबार, ०७ जेठ, २०८०, दिउँसोको ०३:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर