देशको नागरिकलाई अनागरिक बनाउनेलाई छुट हुदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्याउने बताएका छन ।

नेकपा(एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझदै मन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पती आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए।

उनले यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए। आफ्नो देशको नागरिक अनागरिक बनाइ विदेशमा पठाइ पैसा संकलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढायो यसलाई छुट दिन नसकिने मन्त्री मन्त्री श्रेष्ठको भनाइ रहेको छ ।

नेकपा ढएकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

बुधबार, ०३ जेठ, २०८०, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर