रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चबाट सदर

काठमाडौं । पूर्व सांसद रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चले पनि सदर भएको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैद हुने उच्च अदालत दिपायलको फैसला सदर गरेका हुन ।

मुद्दाका आरोपी सीताराम चौधरी र गंगाराम चौधरीलाई सर्वोच्चले सफाइ दिएको छ भने लक्ष्मण थारुलाई जिल्ला अदालत कैलालीको फैसला सदर गरेको छ ।

उच्च अदालतले लक्ष्मण थारुलाई ५ वर्ष कैद सजाय सुनाएकोमा सर्वोच्चले त्यसलाई बदर गर्दै ३ वर्ष कैद हुने जिल्ला अदालतको फैसला सदर गरेको हो ।
२०७२ मा संविधानको पहिलो मस्यौदा जारी भएपछि भड्किएको हिंसाका क्रममा टीकापुरमा प्रहरीका उच्च अधिकारी र नाबालकसहित ७ जनाको हत्या भएको थियो ।

सोही प्रकरणको मुद्दा कैलाली जिल्ला अदालत, उच्च अदालत पाटन हुँदै सर्वोच्चबाट अन्तिम फैसला भएको हो ।

मङ्गलबार, ०२ जेठ, २०८०, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर