शरणार्थी प्रकरणमा सरकार कुनै दबाबमा पर्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार कुनै पनि दबाबमा नपर्ने बताएका छन् ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले शरणार्थी प्रकरणमा सरकार कसैको दबाबमा पछि नहट्ने बताएका हुन् ।

उनले प्रहरीलाई कसैको पनि दबाबमा नपरी काम गर्न निर्देशन दिइएको मन्त्री श्रेष्ठले बताए ।

अनुसन्धानको आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरे कानूनी दायरामा ल्याउने उनले बताएका छन ।

सरकार कुनै दबाबमा नझुक्ने र अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुगेर छाड्ने मन्त्री श्रेष्ठको भनाइरहेको छ ।

मङ्गलबार, ०२ जेठ, २०८०, दिउँसोको ०३:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर