विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व सांसद आङटावा शेर्पाले सोमवार प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
शेर्पाले जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका शेर्पा रामेछाप १ का पुर्व सास्.द पनि हुन ।
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा पुगेर भेटेपछि शेर्पा पनि अनुसन्धानमा तानिएका छन् ।