विराटनगर । विराटनगरमा कविता वाचन गर्दै नक्कली भुटानी शरणार्थीे प्रकरणमा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गरीएको छ । ट्राफिक चौकमा भेला भएका कविले भ्रष्टार विरोधी कविता वाचन गर्दै दबाबमुलक कार्यक्रम गरेका हुन ।
सोमबार कवि, लेखक तथा साहित्यकारले सडकमा जम्मा भएर कविता तथा गीत वाचन गरेका छन । विगत चार दिनदेखि अभियानमा सम्बद्ध नागरिक समाजका अगुवाले विरोधका कार्यक्रम गरिरहेका छन् ।
सोमबार कवि रामबाबु दाहाल, भरत गुरागाईं, कविता केशरी, यादव प्रधानलगायते आफ्ना रचना वाचन गरेका छन । अभियानमा संलग्न कोसी प्रदेशसभाका पूर्व सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले अभियानलाई दबाबमुलक ढंगले अघि बढाइने जानकारी दिए । अभियानलाई विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, शिक्षक तथा प्राध्यापकले पनि साथ दिएका छन ।