मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

विराटनगर । मोरङ जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने समूहको सदस्य पक्राउ परेका छन् । को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकल चोरीमा संम्लग्न व्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं.–६ बस्ने वर्ष १९ को प्रकास सरदार,मोरङ धनपालथान गाउँपालिका वडा नं.–५ बस्ने वर्ष २० को दिपेश कुमार सरदार, मोरङ धनपालथान गाउँपालिका वडा नं.–६ बस्ने वर्ष २१ को विजय सहनी,मोरङ धनपालथान गाउँपालिका वडा नं.–६ बस्ने वर्ष २५ को जितेन कुमार राय र मोरङ विराटनगर महानगरपालिका वडा नं.–८ बस्ने वर्ष २० को रोहित चौधरी छन् ।

प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा सात दिन म्याद थप भएको डिएसपी रंजनकुमार दाहालले जानकारी दिएका छन् ।

सोमबार, ०१ जेठ, २०८०, बिहानको ११:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर