जब काजकिरिया सकेकै दिन मृतक घरैमा टुप्लुकिए..

झापा । कसैको मृत्यु सस्कार सक्नैलाग्दा उही व्यक्ति घरैमा टुप्लुकिए के होला रु उत्तर स्वाभाविक छ, परिवारमा असिम खुसीको वातावरण हुन्छ। झापामा यस्तै भएको छ।
काजक्रिया सकेकै दिन मृतक भनिएका युवक टुप्लुक्क घर आइपुग्दा परिवार मात्र होइन सारा गाउँले र आफन्त चकित बनेका छन्।

दुई साताअघि सुरुङास्थित कोटिहोममा वेवारिसे शव फेला परेको थियो । सुरुङा प्रहरीले शवको पहिचान नहुञ्जेलका लागि मेची प्रादेशिक अस्पतालको शवगृह मा शव पठाएको थियो । कनकाईमा मलामी आएका छिमेकीले गाउँमा सो खवर पुर्याए । कोटीहोममा फेला परेको शव मुडुला कार्कीको भन्ने सम्म सूचना गाउँ पुगेपछि हराइरहेको दाईको पहिचान गर्न हल्दिवारी १ गोल्धापबाट एउटा परिवार भद्रपुर पुगेको थियो । मृतककी बहिनी बिना कार्कीले शव हेर्दा आफ्नै दाई जस्तै लागेपछि कनकाईमा लगेर आफन्त, छरछिमेकको सहयोगमा अन्त्येष्टि समेत गरिन् । गोलधापमा मृतकका कान्छा काका काजक्रियामा बसे ।

‘दाई सुरज कार्की (२७) घर परिवारबाट सम्पर्क विहीन भएको ३ वर्ष भएको थियो,’ बहिनी विनाले भनिन्, ‘ देख्ने सुन्ने जान्नेले मुडुला कार्की रहेछ भने, जिउ पनि पातलो देखेपछि दाई नै हो भन्ने लागेर धार्मिक रीतिरिवाज अनुसारअन्त्येष्टि गरियो, काजक्रिया पनि गरियो । काम सकेकै दिन दाई टुप्लुक्क घर आइपुग्दा हामी परिवार चकित पर्यौं ।’
आफ्नु काजक्रिया काकाले गरिरहेको सुरजले सामाजिक सञ्जालमा थाहा पाएपछि उनी घर गएका थिए । उनले सेतोपाटी संग भने ’ काकाले मेरो क्रिया गरिरहेको १२ औं दिनका दिन फेसबुकबाट देखें । कुनै अप्ठेरो होला भनेर कसैलाई भनिन् । सिधै घर गए ।’
म घर पुग्दा बहिनी सहित सबै खुसी भएको देखे । मलाई चितामा राख्दा बहिनी धेरै रोहेकी रोइच्छे। बिचरा धेरैले सम्झाए पनि अरे । आज फेरि उसले मलाई दाजु भन्न र देख्न पाउँदा बहिनी सहित सबै परिवार खुसी भएको बताए ।

जिउँदो मान्छेको काजक्रिया गरेपछि परिवार समेत यतिबेला कर्मकाण्डीय संकटमा परेको छ । उनीहरुले दाईलाई कोटीहोममै ल्याएर छोडेका छन् । जहाँ उनी यस अघि बस्दै आएका थिए । प्रहरीले समेत बहिनी विनाले आफ्नै दाई भएको सनाखत गरेपछि शव जिम्मा लगाएको थियो ।् दाइ वितेको थाहा पाएपछि कुवेतमा रहेका भाई घर फर्किएका थिए ।

कार्की परिवारको आमा वुवा पनि सम्पर्क विहीन छन् । विनाका अनुसार आमावुवा भारतको अरुणाचलमा बस्दै आएका छन् । लावारिसे जीवन विताइरहेका सुरजको काजक्रिया सकिएपछि परिवारले अहिले जन्मकर्मका लागि धार्मिक गुरुहरुसँग सल्लाह लिइरहेको छ । पुरोहितले जिउँदाको दाहसंस्कार गरेपछि पुन न्वारन, व्रतबन्ध लगायतका नन्मेदेखि मृत्यु सम्मका कर्मकाण्डीय संस्कार गर्नुपर्ने विनालाई बताएको उनले बताइन् ।

दाजु घर आउँदा परिवारमा खुसीको सीमा नरहेको बिनाले बताइन् । ‘अब, सारा कर्म गरेर भएपनि दाईलाई घर भित्र्याउनु छ,’ उनले भनिन् । प्रहरीले पनि परिवारले मृतकोको शव आफ्नो दाईको भनेर पुष्टि गरेपछि नबुझाउने कुरै भएन । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानबहादुर मिश्र भन्छन्,‘ यस्तो घटना पहिलोपटक देखें ।

बेवारिसे अवस्थामा फेला परेको शव आफन्त कै हो भनेर जलाइएको १२ दिन पछि मात्र कार्की परिवारले अर्कै व्यक्तिको काजक्रिया गरेको थाहा पाएको बताएको छ ।

शुक्रबार, २९ बैशाख, २०८०, दिउँसोको १२:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर