भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धको जस्तै साथ चाहियो : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धको जस्तै साथ आफूलाई चाहिएको बताएका छन् । भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै प्रधानमन्त्रीले त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।

मंगलबार काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै प्रचण्डले हिजोको जस्तो साथ सहयोग आवश्यक रहेको बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको पनि बताए । ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनिहरुलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्’, प्रधानमन्त्रीको भनाइ छ ।

मङ्गलबार, २६ बैशाख, २०८०, साँझको ०५:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर