हेलिकप्टर दुर्घटना प्रकरण : घटनास्थलमा आर्मी र प्रहरी पुग्यो

विराटनगर । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा दुई जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र एक स्थानीय रहेका छन् । पाइलट पौडेलको टाउकोमा चोट लागेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए । हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनाग्रस्त बनेको हो ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । उद्धारका लागि नेपाल आर्मी र प्रहरी पुगिसकेको प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

शुक्रबार, २२ बैशाख, २०८०, दिउँसोको ०२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर