कानेपोखरी र सुनवर्षी जोड्ने पुलले ल्याएको खुसीयाली

विराटनगर । लामो समयदेखि प्रतीक्षा गरेको पुल बनेपछि मोरङको कानेपाखेरी गाउँपालिका र सुनवर्षी नगरपालिकाका स्थानीयहरु उत्साहित भएका छन् । दुई पालिकालाई जोड्ने डाँस खोलामा पक्की पुल बनेपछि स्थानीयमा खुसियाली छाएको हो ।

कानेपोखरी गाउँपालिका – ३ तल्लो हरकपुरहुँदै सुनवर्षी नगरपालिका १ अमरदह बजार जाने डाँस खोलामा पक्की पुल बनेपछि यहाँका स्थानीयमा खुसियाली छाएको हो ।
डाँस खोलामा पक्की पुल निर्माण भएपछि कानेपोखरीबाट सुनवर्षीको अमरदह हुँदै पूर्वको ठुला बजार पथरी जान पनि सहज भएको कानेपोखरी ३ का भुवन राईले बताए । ‘बर्र्खामा जहिले बाढीले दुःखे दिने खोला हो यो । अब पक्की पुल बनेपछि आवतजावतमा सहज भएको छ,’ उनले भने, ‘पथरी बजार जान पनि अब सहज हुने भएको छ ।’ यसअघि पुल नहुँदा वर्षायाममा पथरी बजार जान कानेपोखरी हुँदै घुमेर जानुपर्ने समस्या अब अन्त्य भएकोमा उनीहरु खुसी भएका हुन् । ‘अब बर्खायाममा पनि डाँसा खोलाको पुलबाट तरेर सिधै उत्तर लाग्दा पथरी बजार पुगिन्छ,’ उनले भने, ‘पुलले पथरी जाने दूरी पनि घटाइदिएको छ ।’

आवत–जावत मात्रै नभएर गाउँको उत्पादनलाई बजारसम्म पु¥याउन पुल बनेपछि सहज भएको उनले सुनाए । कानेपोखरी गाउँपालिकातिरबाट सुनवर्षीको अमरदह, पथरीशनिश्चरेको पथरी, शनिश्चरे र हरकपुर, दलेली, रंगेलीलगायतका बजार कृषिजन्य उत्पादीत बस्तु बजारसम्म लैजान यसले सहज भएकोे स्थानीय बताउँछन् ।

कोशी प्रदेशका सडक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले बुधबार डाँस खोलाको पक्कीे उद्घाटन गरेसँगै कानेपोखरी र सुनवर्षीका स्थानीयमा उत्साह छाएको प्रष्ट देखिन्थ्यो ।

तीन तहको सरकारबीच समन्वय गरेर विकास निर्माणको काम हुने मन्त्री चपागाईँले बताए । ‘साना योजनाहरूमा स्थानीय सरकारले काम गरेर अगाडि बढ्नेछ । स्थानीयले नसकेको मझौला खालको योजनाहरू प्रदेश सरकारले गर्नेछ । त्यसभन्दा ठूलो योजना सङ्घीय सरकारले गर्नेछ’ मन्त्री चापागाईंले भने, ‘यसरी विकासको काम तीन तहको सरकारले समन्वय गरेर अगाडि बढ्नेछ ।’ प्रदेश सरकारलाई जनमुखी, उत्तरदायी बनाएर अगाडि बढाउनुपर्ने उनले बताए । यसको आवश्यकता र औचित्यलाई सिद्ध गर्नुपर्ने जिम्मेवारी अहिलेको प्रदेश सरकारलाई भएको बताउँदै यसमा लागिपरेको उनले बताए ।

प्रदेश सरकारको मातहतमा रहेको सिंचाइ, खानेपानीको क्षेत्रमा, तटबन्धन, कार्यालय भवन निर्माणका कामहरु भइरहेको बताउँदै उनले सबै खाल्का कामहरु हेर्दा प्रदेश सरकारले सिंहदरबारको अधिकार गाँउगाँउमा ल्याएको उल्लेख गरे । विगतका दिन समान्य विकासका योजना र बजेटको माग राख्न सिंहदरबार धाउनुपर्ने आएको कामलाई समयमा सम्पन्न गर्न नसक्ने अवस्था रहेको भए पनि पछिल्लो समय प्रदेश सरकार आएपछि धेरै कुरामा सहजीकरण भएको मन्त्री चापागार्इँले दाबी गरे ।

प्रदेश सांसदद्वय लिलाबल्लभ अधिकारीले आवश्यक ठाउँमा पुल बनेको बताए । ‘पुल अत्यन्तै आवश्यक ठाउँमा बनेको छ’ उनले भने, ‘पुलबाट सहजीकरण मात्र नभएर जीवनस्तर उकास्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ प्रदेश सरकार बनेपछि स्थानीयस्तरमा विकासको कामले गति लिने उनले बताए । कानेपोखरी गाँउपालिकाका उपाध्यक्ष, भोलाप्रसाद अधिकारीले भौतिक संरचना बन्दै गर्दा प्रदेश सरकारको काम देखिएको बताए । उनले यसकाबीच पनि थुप्रै खाल्का आवश्यकता रहेको र जनसरोकारका थुप्रै आवश्यकता रहेकाले तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

६ करोड ४५ लाख ४७ हजार ३ सय ४७ रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का कार्की बन्धु कन्ट्रक्सन प्रा.लि विराटनगरले लिएको थियो । २०७६ पुष १० गते सम्झौता गरेर काम सुरु गरेको थियो । ०७९ माघ २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि कोभिड १९ को कारणले ढिलाइ भएको थियो ।

खोलामा तटबन्धन लगाइदिन माग

कानेपोखरी र सुनवर्षीका स्थानीयले डाँस खोलामा तटबन्धन लगाइदिन माग गरेका छन् । पुल बनेपनि तटबन्धन नहुदाँ बर्खायाममा बाढीले दुःख दिने भएकोले तटबन्धन लगाइदिन यहाँका स्थानीयले प्रदेश सरकारसँग माग राखेका हुन् ।डाँस खोलाले बर्खायाममा बाढीले सास्ती दिने भएकोले पुलको छेउदेखि दक्षिणसम्म तटबन्धन लगाइदिन माग गरे । सुनवर्षी नगरपालिका १ का वडाध्यक्ष विरबहादुर राईले कानेपोखरी र सुनवर्षी जोड्ने पुल निर्माणले वारिपारिको सम्बन्ध जोडिने बताए । उनले एक घण्टा लाग्ने दूरी पुल निर्माण भएसँगै सहज भएको बताउदै उनले पुल निर्माणसँगै तटबन्धन गर्न आवश्यकता रहेको बताए । यस्तै कानेपोखरी गाँउपालिका– ३ का गोपालबहादुर कार्कीले तटबन्धन नगरेर बर्खामा बस्ती डुबानमा पर्ने वा विस्थापित गर्ने समस्या रहेको बताए । बस्ती व्यवस्थापनका विषयमा गाँउपालिकादेखि संघसम्म कुरा राख्दा बजेटको समस्या देखाउदै उनले व्यवस्थितरुपमा डाँस खोलामा तटबन्धन आवश्यक रहेको उल्लेख गरे ।

बिहिबार, २१ बैशाख, २०८०, बिहानको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर