१२ जना अग्रज पत्रकार सम्मानित

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले एक दर्जन अग्रज पत्रकारलाई सम्मान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधवार मोरङका १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरूमा मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतु वर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, मोहन भण्डारी, दीपक दाहाल, तेजेन्द्र भण्डारी, प्रभासचन्द्र झा र देवी पन्थी रहेका छन् । सम्मानित भएका मध्ये कार्की, भण्डारी र दाहाल नेपाल पत्रकार महासंघ मोरङको पूर्व अध्यक्षहरू हुन् । उनीहरूलाई कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले कदर पत्र, दोसल्ला र नेपाल पत्रकार महासंघको लागो भएको मेडल प्रदान गरिएको छ ।

दुई दशकदेखि पत्रकारिता गर्दै आएका र ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारहरूलाई मोरङ शाखाले यस वर्षदेखि सम्मान गर्न सुरु गरेको नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनालले बताए ।

बुधबार, २० बैशाख, २०८०, साँझको ०७:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर