विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिन जना मन्त्री नियुक्त गरेका छन् ।
थपिएका तिनै जना काँग्रेसका हुन । मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डिगबहादुर लिम्बु सहित तिन मन्त्री थपिएका हुन ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद, धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला र मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिएका छन् ।