मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज पीडितका लागि समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका हुन्।

अध्यादेशमार्फत् मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागिएको जनाइएको छ ।

बुधबार, २० बैशाख, २०८०, दिउँसोको ०४:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर