एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

काठमाडौ । एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । उनीमाथि हत्या अभियोग लागेको छ ।

आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेका छन ।
सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै बिदा स्वीकृत भएको घोषणा गरेका थिए। त्यस लगत्तै सत्तापक्षका सांसदहरूले बैठकमा विरोध जनाएका थिए ।

सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो ।

मङ्गलबार, १९ बैशाख, २०८०, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर