रास्वपाका विभागीय प्रमुख तोकिए, अर्थमा स्वर्णिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो ।

बैठकले अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्लेलाई तोकेको छ । वाग्ले हाले भएको उपनिर्वाचनमा तनहुबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । बैठकले नीति तथा विचार विभाग प्रमुखको जिम्‍मेवारी मुकुल ढकाललाई दिइएको छ भने कविन्द्र बुर्लाकोटी संगठन विभाग प्रमुख भएका छन् ।

शिशिर खनाललाई अन्तराष्ट्रिय विभाग प्रमुख, हरि ढकाललाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख, शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा.तोसिमा कार्की, कृषि विभाग र सहकारी विभाग प्रमुखमा अशोक चौधरी तथा सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख मनिष झालाई तोकिएको छ ।

कुन विभागको प्रमुख को ?

१. नीति तथा विचार विभाग – डा.मुकुल ढकाल
२. प्रशिक्षण विभाग– डा.मुकुल ढकाल
३. संगठन विभाग– कविन्द्र बुर्लाकोटी
४. अभियान तथा प्रचारप्रसार विभाग– विपिन आचार्य
५. अन्तराष्ट्रिय सम्बन्ध विभाग– शिशिर खनाल
६. प्रवास नेपाली सम्पर्क विभाग– डोलप्रसाद अर्याल
७. मानवीय विकास प्रवर्द्धन विभाग– कुसुम महर्जन
८. केन्द्रीय च्ब्त् संयोजना विभाग– विष्णु कुमार श्रेष्ठ
९. उत्पादन प्रवर्द्धन विभाग– रामकृष्ण भट्टराई
१०. नेतृत्व क्षमता तथा मानव संसाधन विभाग– खुश्बु सरकार श्रेष्ठ
११. जनसम्पर्क विभाग– दिपक बोहोरा
१२. भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग– हरि ढकाल
१३. आर्थिक व्‍यवस्थापन विभाग– लिमा अधिकारी
१४. गुनासो व्‍यवस्थापन विभाग– डा.चन्दा कार्की
१५. विकास योजना तथा नीति तर्जुमा विभाग– डा.अरनिको पाण्डे
१६. तथ्याङ अनुसन्धान तथा अभिलेखीकरण विभाग– मनिष झा
१७. विधेयक मन्थन विभाग– गणेश कार्की
१८. गैरआवासीय नेपाली सम्पर्क विभाग– अर्जुन अधिकारी
१९. कानुन तथा न्याय विभाग– सोविता गौतम
२०. अर्थ नीति विभाग– डा.स्वर्णिम वाग्ले
२१. सार्वजनिक लेखा समीक्षा विभाग– मनिष झा
२२. शिक्षा विभाग– सुमना श्रेष्ठ
२३. स्वास्थ्य तथा जनसंख्या विभाग– डा.तोसिमा कार्की
२४. कृषि विभाग– अशोक चौधरी
२५. पर्यटन तथा संस्कृति विभाग– शिशिर खनाल
२६. मुद्रा तथा पूँजी बजार विभाग– विराज भक्त श्रेष्ठ
२७. उद्योग तथा वाणिज्‍य विभाग– गणेश पराजुली
२८. श्रम तथा उपभोक्ता हित विभाग– असिम शाह
२९. यातायात विभाग– शिव नेपाली
३०. पूर्वाधार विकास अनुगमन विभाग– निशा डाँगी
३१. युवा तथा खेलकुद विभाग– डा.थोसिमा कार्की
३२. विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग– सुमना श्रेष्ठ
३३. मानव अधिकार विभाग– सन्तोष परियार
३४. सहकारी विभाग– अशवक चौधरी
३५. वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग– विनिता कठायत
३६. महिला तथा सामाजिक विकास विभाग– लक्ष्मी तिवारी

सोमबार, १८ बैशाख, २०८०, दिउँसोको ०४:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर