फिदिममा एमाले अध्यक्ष ओली लक्षित मसाल जुलुस

विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखेको विरुद्धमा आन्दोलनरत पहिचान पक्षधरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पाँचथरको फिदिममा मसाल जुलुस निकालेका छन् । एमाले अध्यक्ष ओली दुईदिनदेखि पाँथरको सदरमुकाम रहेको फिदिममै रहेका छन् ।

फिदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले सांसदलाई भेडाबाख्रा सरह थुनेर जबरजस्त ‘कोशी’ पक्षमा मतदान गराएको दाबी गरे । मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन र किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले गरेका थिए । पहिचान पक्षधरले आजै दिउँसो तेह्रथुमको आठराई पुगेका ओलीलाई कालो झण्डा देखाएका थिए ।

शुक्रबार, १५ बैशाख, २०८०, रातीको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर