सरकार छोड्नुपर्ने कुनै परिस्थिति आएको छैन : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताएका छन । ।

मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको बताए ।

उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए। सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ । जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको पनि उनले बताए ।

राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि राम चन्द्रपौडेललाई समर्थन गरेको उनको भनाइ छ ।

मङ्गलबार, १६ फागुन, २०७९, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर