विराटनगरको आईसिपीमा दुर्घटना, सुरक्षा गार्डको घटनास्थलमै मृत्यु

विराटनगर । विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा सवारी दुर्घटनामा परी एक जना सुरक्षा गार्डको घटनास्थलमै मृत्यु भएको छ ।

आज राती बिराटनगर १८ लावाघाट स्थित आईसिबी बिराटनगर सडक खण्डमा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगरपालिका १३ चार आलि घर भएका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको हो ।

उनी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत छन् । सुनसरीको इटहरी ९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रालिमा कार्यरत थिए । उनको ४२ वर्षको श्रीमती, २३ बर्सिया छोरी र १६ वर्षको छोरा रहेका छन् । डियुटि सकेपछि बैङ्कमा पैसा झिक्न स्वकुटि लिएर गएका थिए ।

उनी चढेको मे १० प ९१६१ नम्बरको स्वकुटीलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो । भारतीय नम्बर प्लेटको गाडीले ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । ठक्कर दिने चालक फरार छन् । फरार चालकको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ ।

अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको छ । मृतकको शव अहिले पोस मार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखेको छ ।

शनिबार, २८ माघ, २०७९, रातीको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर