विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जान्छन : मन्त्री सुदन किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताएका छन ।

काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने समेत बताएका छन ।

मन्त्री किराँतीले महाप्रबन्धक थाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस लिने गरेकाले निलम्बन गरेको बताए।उनले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी समेत दिएका छन ।

मन्त्री किराँतीले कोही घुस खान मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताए। उनले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताएका छन ।

उनले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने पनि बताए।

सुशासन विधिको शासन भन्दा बाहिर कोही चल्न नसक्ने उनको भनाइ थियो।

उनले पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उल्लेख गरे।

शुक्रबार, २७ माघ, २०७९, साँझको ०६:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर