अरुण नदीको लाभ भोजपुरले पनि पाउनु पर्छ: राष्ट्रपति भण्डारी

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले अरुण नदीको लाभ भोजपुरले पनि पाउनु पर्ने बताएकी छन् ।

बुधवार गृह जिल्ला भोजपुरको दिङ्लामा वालागुरु षडानन्दको सालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताइकी हुन् । भोजपुर र संखुवासभाको सीमा नदी अरुण नदीलाई आधार मानेर गरिने विकास निर्माणको लाभ भोजपुर वासिले पनि प्राप्त गर्नु पर्दछ भन्ने आम भोजपुर बासीको मागलाई सम्बद्ध पक्षले सम्बोधन गर्नु पर्ने बताइन् ।

गृह जिल्ला भोजपुरमा करिब ४ घण्टा रहेकी राष्ट्रपति भण्डारीले योगमायाको समाधिस्थ साथै बाला गुरु षडानन्दको जन्म घर र दिङ्ला बजारमा रहको षडानन्द सिताराम गुठी समेत अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले साल्पासिलोछो गाउँपालिका १ कुलङ्गको गौडेनि स्थित पशुपति मन्दिरमा रहको योगमायाको सालिक समेत अनावरण गरेकी छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले योगमायाको योगदान विश्वमा नौलो र साहसिक रहेको बताइन् । भण्डारीले उनको जन्मथलो र कर्मथलो चिनाउनका लागि योगमाया आधारभूत विद्यालय स्थापना गर्न लागिएको राष्ट्रपति भण्डारीले बताइन् ।

बुधबार, २५ माघ, २०७९, साँझको ०५:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर