बीमा प्राधिकरणद्वारा जीवन बीमामा काम गर्ने प्रदेश तथा शाखा प्रमुखसँग छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण प्रदेश नम्बर ‌१ ले विराटनगर आसपासका जीवन बीमामा काम गर्ने प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

नेपाल बीमा प्राधिकरणले ७ बटै प्रदेशमा नियमनकारी निकायको स्थापना गर्ने उद्देश्य अनुरुप विराटनगरको मुनालपथमा बीमा प्राधिकरणको कार्यालय स्थापना गरिसकेको छ ।

उक्त कार्यालयमा भएको छलफलमा बीमा क्षेत्रको विकास र विस्तार, ग्राहक वर्गहरुमा जनचेतना मुलक कार्यहरू अब छिट्टै आयोजना गरिएको बीमा प्राधिकरण १ नम्बर प्रदेश प्रमुख कुन्दन सापकोटाले बताए ।

कार्यक्रममा सम्पूर्ण बीमक कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखका साथै नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ का सदस्यहरूको पनि उपस्थित थियो। प्राधिकरणले बिहीबार निर्जिवन बीमा कम्पनीका‌ बीमक सदस्यहरूसँग अन्तरक्रिया गर्ने जनाएको छ ।

बुधबार, २५ माघ, २०७९, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर