बेलुका पेटभरि खानका लागि पनि पढाइ छाडेर पानी बेच्दै सत्यम

विराटनगर । विराटनगर कोशी सिएनआई एक्स्पो चलिरहेको छ । माघ १९ गते देखी सुरु भएको एक्सपो सुरु दिनदेखि नै एक वालक भने पानी बेचिरहेका छन ।

एउटा बाल्टिनको बट्टा माथि तिन चार बोतल पानी राखेर बस्ने बालक हुन ९ वर्षका सत्यम मण्डल । उनी कक्षा दुईमा पढ्छन् । गरिब परिवारका मण्डललाई बिहान उठ्ने बित्तिकै पेट भर्ने चिन्ता हुन्छ । दिनभरि कमाएको पैसाले दुई छाक टार्नका लागी संघर्ष गर्नु परेको उनी बताउँछन् ।एक्स्पोको उत्तरपट्टि पार्किङ स्थलको नजिकै बोरा ओछ्याएर केही बोतल पानी लिएर उनी बस्छ । त्यो बिक्री भइसकेपछि मात्रै उनले थप पानीका बोतल ल्याउँछन् । धेरैको ध्यान त्यही बच्चा तिर जाने गरेको छ ।

उनी विराट नर्सिङ होम छेउमा बुवा र आमासँग भाडामा बस्दै आएका छन । उनी गरिब परिवारका हुन । पानी बेचेर त्यही बाट आएको पैसाले चामल किन्ने गरेको उनी बताउँछन् । उनका बुबा आमा पनि ज्याला मजबुरी गर्ने गर्छन् ।

उनले एक्स्पो सुरु भए देखी नै बोरा ओछ्याएर बसेर व्यापार गर्दै त्यहाँ बाट आएको पैसा घरमा लगेर बुबा आमालाई दिने गरेको बताउँछन् । बुबा आमा र आफूले बचाएको नाफाबाट दाहाल चामल किन्ने गरेको उनको भनाइ छ ।बेलुका फेटभरि खानका लागि पनि पढाइ छाडेर पनि काम गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

मङ्गलबार, २४ माघ, २०७९, साँझको ०७:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर