काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव र प्रकाण्डले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । भेटमा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा पनि उपस्थित थिए ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।