काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । उनी बिहीवार पक्राउ परेका थिए ।
ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद र ८ लाख १९ हजार जरिवाना यसअघि नै सुनाएको थियो । उनी फरार थिए ।
कैलाली– २ बाट प्रतिनिधिसभा सांसद बनेपछि उनले पुरानो सजाय भुक्तान नगरेको र फरार रहेको खुलेको थियो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!