
पुण्य पी अधिकारी
स्वदेशी उत्पादनलाई प्रोत्साह नगर्ने हेतुले आजदेखि सीएनआई कोशीएक्स्पोको सुरूवात भएको छ । देशको अर्थतन्त्रलाई टेवा पु¥याउने र निजी क्षेत्रका उद्योग व्यवसायलाई एक्स्पोले मल्हम लगाउने अपेक्षा गरिएको छ । प्रदेश राजधानी विराटनगरमा यस किसिमका मेलाहरू आयोजना हुँदै आएका छन् । जसका कारण सुनसरी मोरङ औद्योगिक करिडोरको खास जोगिएको छ । तर, नेपाली उपभोक्ताले स्वदेशी उत्पादनभन्दा आयात वस्तुलाई रूचाउँदा स्वदेशी उत्पादन अझै बजारमा कमजोर सावित हुँदै गएका छन् ।
राज्यले निजी क्षेत्रका उद्योगहरूको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि जति गर्नुपर्ने हो त्यति नगरेका कारण निजी क्षेत्र अझै विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । निजी क्षेत्रलाई राज्यले कागजी प्रक्रियादेखि करका सन्र्दभमा सहजीकरण गर्नुपर्ने अवस्थामा राज्यले बोझ थपेका कारण कतिपय उद्योग झन् भन्दा झन् धरासयी हुँदै गएका छन् ।
प्रदेश राजधानीमा केही समयअघि आयोजना गरिएको मेलाले स्वेदशी उद्योगलाई केही राहत भने पक्कै पु¥याएको थियो । त्यही अपेक्षाकासाथ आजदेखि सुरूवात गरिएको एक्स्पोलाई सफल बनाउन महानगरबासीको उत्तिकै साथ र सहयोग आवश्यक छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै सार्वजनिक गरेको एउटा प्रतिवेदनले आगामी वर्षहरूमा विश्वमा आर्थिक मन्दीको प्रभाव पर्नेछ । जसका कारण आर्थिक वृद्धिदर घट्ने कोषले चेतावनी दिएको छ ।
नेपाल सरकारले निजी उद्योगलाई प्रोत्साहन गर्नका लागि सरकारी अनुदान बढाउन आवश्यक देखिन्छ । हालका दिनहरूमा बैङ्कहरूको चर्को व्याजदरका कारण उद्योगी व्यवसायी आन्दोलनमा छन् । उनीहरूले आन्दोलन गर्नुपर्ने अवस्था भने राज्यका नियामक निकायले प्रभावकारी ढङ्गले काम नगर्दा पनि हो ।
आजदेखि सुरु भएको मेलामा प्रदेश सरकारले सहयोग गर्ने देखिएको छ । यो राज्यको सकारात्मक कदमहो । मेकिङ नेपालका लागि आयोजना गरिएको एक्सपोले औद्योगिक रूपान्तरणका लागि केही प्रभाव पक्कै छाड्ने अपेक्षा गरिएको छ ।
तीन करोडको लगानीमा आयोजना गरिएको मेलाले व्यसायी र उपभोक्ताबीचको मन जोड्ने अपेक्षा गरिएको छ । मेलालाई भव्य र सानदार रूपमा सम्पन्न गर्नका लागि पर्यटन प्रबद्र्धनसँगै अत्याधुनिक प्रविधिको प्रयोग गर्ने आयोजकको भनाइ छ । मेलालाई ४० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, आधुनिक औजार उपकरण, अटो सेवा, सेवा क्षेत्रलगायतका चार सय बढी स्टल रहने मेलाले आर्थिक रूपान्तरणका लागि प्रभावकारी भूमिका पक्कै खेल्ने छ । एक्सपो सफल हुनु भनेको राजधानीबासीको प्रतिष्ठा समेत भएकाले सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ ।