सरकारले सिंहदरबारमा भाडाका गाडीलाई पनि प्रबेश गर्न दिने

काठमाडौं । सरकारले सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेश गर्न दिने भएको छ ।

अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेशका लागि व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताए । भोलिदेखि अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेश गर्न दिइने उनले बताए ।

यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन मात्रै सिंहदरबारमा प्रवेश पाउँदै आएका थिए ।

सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको थियो अपांग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरू सवार भाडाका गाडीलाई सहज रूपमा सिंहदरबार प्रवेश गराउने उनले बताए।

मङ्गलबार, १७ माघ, २०७९, साँझको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर