विराटनगर । प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् ।
पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिए ।
प्रदेशसभामाको लागि बिजनेस अभाव भएको कारण बैठक बस्न नसकेको हो । प्रदेशको नामकरणसहित महत्वपूर्ण कानूनहरु निर्माण गर्नुपर्ने भएपनि सररकारले त्यसको प्रक्रिया अगाडि नबढाउँदा संसद कामविहिन भएको हो । प्रदेशसभाका विषयगत समितिको पनि टुंगो लगाउन बाकीँ छ ।
पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनको दुई सातापछि उनले सात सदस्यीय मन्त्रीपरिषद्को कार्यविभाजन गरेका थिए ।