सिटी सफारी दुर्घटनामा एक जनाको मृत्यु

सिटी सफारी दुर्घटनामा एक जनाको मृत्यु

धरान । धरानमा सोमवार दिउसो सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धरान–३ पुरानो बजारमा सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा धरान १५ बस्ने १९ वर्षीय ठिना लिम्बु गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रदेश १–०२–००३ ह २६५५ नम्बरको सिटी सफारी चालक धरान–११ बस्ने ज्ञान बहादुर थापालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्