विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले केशव दाहालकृत ‘माधवी ओ माधवी’को पुस्तक चर्चाको उद्घाटन गरेका छन् ।
सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताएका छन् । ‘माधवी ओ माधवी’ पुस्तकको चर्चामा कवि चन्द्र घिमिरे र मिडिया अनुसन्धान केन्द्र, नेपालका अध्यक्ष तृष्णा आचार्य वक्ताका रूपमा रहेका थिए । त्यसैगरी रङ्गकर्मी प्रज्वल पराजुलीले लेखक केशव दाहालसँग वार्तालाप गरेका थिए ।
कार्यक्रममा पत्रकार सुधीर शर्मा, वराहक्षेत्र नगरपालिकाका पूर्व मेयर निलम खनाल, साहित्यकार प्रा।डा। बद्री विशाल पोखरेलको उपस्थिति रहेको थियो ।
‘सङ्गीत उत्सव –२०७९’ कै रूपमा सुरु भइएको कार्यक्रम पुस ३० देखी माघ ८ गतेसम्म चल्नेछ ।