कृषि तथा औद्योगिक प्रदर्शनीको प्रमुख सल्लाहकार बने मुख्यमन्त्री

विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाल उद्योग परिसंघ प्रदेश १ को टोलीले बुधबार औपचारिक रुपमा बधाई दिएको छ ।
परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेको हो । त्यस क्रममा उद्योगी व्यवसायीहरुले नेपालका उद्योगीहरुले भोग्दै आएका समस्या र चुनौतीहरुको समाधानका लागि प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट विशेष पहल हुने विश्वास व्यक्त गरेका थिए । परिसंघले माघ १९ गतेदेखि आयोजना गर्न लागेको बृहत अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनीको तयारीका बारेमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउँदै सफल बनाउन सहयोगसमेत मागेको थियो । टोलीले प्रदर्शनी सफलताका लागि गठन गरेको सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा मनोनयन गरेको पत्रसमेत मुख्यमन्त्री कार्कीलाई प्रदान गरेको थियो ।
नेपाल उद्योग परिसंघका सल्लाहकार महेश जाजु, प्रमुख संरक्षक पवनकुमार सारडा, उद्योगीहरु शुसील धनावत, नवलकिशोर काबरा, कृष्णकुमार अग्रवाल आदिपनि टोलीमा सहभागी थिए । मुख्यमन्त्री कार्कीले प्रदर्शनीलाई पूर्ण रुपमा सफल बनाउन आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

बिहिबार, २८ पुष, २०७९, बिहानको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर