विराटनगर । नेकपा (माओवादी केन्द्र) का सचिव तथा प्रदेश १ का ईन्चार्ज राम कार्कीले प्रदेश १ सरकार आलाेपालाे हुने बताएका छन् ।
उनले केन्द्रले गरेकाे निर्णय करेक्सन गराउन पहल भईरहेकाे पनि बताए । `हामीले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेका छाैं,´ कार्कीले भने, `उहाँले हिंजाे भएकाे सहमति करेक्सन हुन्छ भन्नुभएकाे छ ।´
कार्कीले एमालेले जसाेजसाे भन्याे त्यसैत्यसै माओवादीले नगर्ने बताए । केन्द्रकाे निर्णयमा आलाेपालाे नगरेपछि प्रदेश १ सरकारमा आफूहरू नजाने माओवादी केन्द्रले बताएकाे छ ।
प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की हिंजाे नियुक्त भएका छन् । उनलाई आज दिउँसाे २ बजे शपथग्रहण गराउने तयारी छ । आजै उनले सानाे आकारकाे मन्त्री मण्डल निर्माण गर्ने तयारी गरेका छन् ।
