प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथआज, सानो आकारको मन्त्रिपरिषद् पनि बनाइने

विराटनगर । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ सोमवार हुने भएको छ । सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी रामकुमार श्रेष्ठले बताए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतवार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिमण्डल पनि आज नै विस्तार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनमा भएका दलहरूलाई समेटेर उनले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । एमाले, माओवादी, राप्रपा र जसपालाई पनि समेटेर मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

सोमबार, २५ पुष, २०७९, बिहानको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर