विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् ।संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औँ अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको विराटनगर ६ मा एस।एस। निर्माण सेवा रहेको छ ।
समितिको प्रथम उपाध्यक्षमा ध्रुवराज कार्की, द्वितीय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तम राज जोशी, सचिवमा राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल र सह कोषाध्यक्षमा संजय कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
समितिको अन्य सदस्यहरूमा नवीन प्रसाद दाहाल, धिरज प्रताब कार्की, हरे राम कामत, राज कुमार कार्की (राजु), दुष्यन्त पौडेल, भोजराज पोखरेल र बद्री प्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सोमबार संघको भवनमा निर्वाचन आयुक्त रुपेश कोइरालाले प्रमाणपत्र वितरण गरेका छन् ।
निर्वाचन समितिले पुस १५ गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो । संघको विधान अनुसार पदाधिकारीमा ७ र सदस्यहरूमा ७ जनाको मात्र उम्मेदवारी परेको र कसैको पनि दाबी विरोध नपरेको कारणले विधान सम्मत उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त कोइरालाले बताए ।