विपद प्रतिकार्य योजनाबारे छलफल

विराटनगर । विपद् प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल गरेको छ । मेयर नागेश कोइरालाको उपस्थितिमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल भएको हो ।

आइतबार आयोजित कार्यक्रममा विपद्को सामना गर्न पूर्वतयारी, विपद्का समयमा गरिने कार्यका विषयमा छलफल गरिएको थियो । छलफलमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, सशस्त्र प्रहरीका एसपी, जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी टीकाबहादुर कार्की, नेपाली सेनाका मेजर, नगर प्रहरी, विभिन्न राजनैतिक दलका महानगरस्तरीय समितिका प्रमुख तथा प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
छलफलमा विपद्को समयमा उद्धार, राहत वितरण तथा उपचारका विषयमा योजना निर्माणबारे चर्चा भएको थियो ।

सोमबार, १८ पुष, २०७९, बिहानको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर