विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा पोखरेल

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् । संघको ३१ औँ वार्षिक साधारण सभा तथा १६ औँ अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा संजीव सिग्देल, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा दीपक जोशी र कोषाध्यक्षमा अशोक पोद्दार रहेका छन् । समितिको अन्य सदस्यहरूमा दिलीप कुमार धाडेवा, युवराज श्रेष्ठ, दिनेश सिग्देल, खगेन्द्र सिग्देल, वीर बहादुर गिरी, सुशील कुमार जोशी र रामचन्द्र दाहाल रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको पदस्थापन शनिवार राखिएको थियो ।

शनिबार, ०९ पुष, २०७९, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर