विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ र नापी पेशाकर्मी समाज मोरङको संयुक्त आयोजनामा अमिन, सर्भेयर तथा नापी अधिकृतहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ ।
हालै लोक सेवा आयोगमा अनमी, सर्भेयर तथा नापी अधिकृतका पदहरुमा आवेदन खुलेको छ । सो पदमा आवेदन दिन गर्न चाहने तेली समुदायका उम्मेदवारहरुलाई तयारी कक्षाले आयोगको परिक्षामा सफल सहयोगी हुने विश्वास लिएको छ ।
तयारी कक्षामा सर्वेक्षण अधिकृत प्रविण प्रताप साह मुख्य प्रशिक्षक रहने तेली कल्याण समाज नेपाल मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साहले बताए । उक्त तयारी कक्षा माघ २ गते देखि बिराटनगरको तिनपैनीस्थित कोशी कलेज अफ हेल्थ साइन्समा रहने अध्यक्ष डा. साहले बताएका छन् ।