एयरपोर्ट रोडलाई नमुना सडक बनाउन विशेष सरसफाइ

विराटनगर । विराटनगर–४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाइ गरिएको छ । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाइ गरिएको महानगरले जनाएको छ ।

सरसफाइसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जानकारी दिए । उनले महानगरका मेयर नागेश कोइरालाको नेतृत्वमा १९ वटै वडामा सरसफाइ जारी रहेको र सोही अभियानअन्तर्गत एयरपोर्ट रोड सफा गरेको बताए ।

 सरसफाइ अभियानमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा सदस्यहरूको समेत उपस्थिति रहेको थियो । धरान रोडदेखि एयरपोर्ट गेटसम्म सफाइ गरिएको थियो ।

महानगरले सडक सफा गरेपछि स्थानीयसमेत हर्षित भएका थिए । रोडको सौन्दर्यीकरण अभियानअन्तर्गत बत्ती लगाउने, टायल बिछ्याउने लगायतका काम भइरहेको छ । महानगरले विराटनगरलाई उत्तरी, मध्ये र दक्षिण गरी तीन क्षेत्रमा बाँडेर सरसफाइ अभियान जारी राखेको छ ।

मङ्गलबार, ०५ पुष, २०७९, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर