विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरूमा छुटसहितको स्वास्थ्य सेवाहरूमा सहुलियत दिएको छ ।
अस्पतालले पत्रकारको उपचारमा सहुलियत दिएपछि न्युरो र पत्रकार महासंघबीच सम्झौता गरेको छ । मंगलबार अस्पताल र पत्रकार महासंघ प्रदेश नम्बर १ बिच सम्झौता भएको हो ।
अस्पतालको तर्फबाट सम्झौता पत्रमा अपरेसन डाइरेक्टर राजेश भट्टराई र पत्रकार महासंघ प्रदेश नम्बर १ को तर्फबाट लिलाबल्भ घिमिरेले हस्ताक्षर गरेका छन् । अस्पतालले पत्रकार महासंघमा आबद्ध भएका सदस्यहरूको ओपिडी, आकस्मिक, एम्बुलेन्स, प्याथोलोजी , एकसरे, अल्ट्रासाउन्ड, ई सिजी, इन्डोस्कोपी, बेड चार्ज, फिजियोथेरापी, इको सेवाहरू निःशुल्क रहेको अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।