मन्त्रीको निर्देशनः कोशीमा आउने बिरामी रेफर नहुन्

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा आउने विरामी अन्यन्त्र रेफर हुने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् ।

कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको बिहीबार शिलान्यास गर्दै स्वास्थ्य मन्त्री खापुङले यस्तो बताएका हुन् । ‘पूर्ण स्वामित्वको प्रदेश १को सबैभन्दा ठूलो सरकारी हस्पिटल हो कोशी । यहाँ आउने विरामी प्रदेश १ र २ नम्बर प्रदेशका विरामीहरू पनि आउने गरेका छन् । यहाँ आउने विरामीको उपचार गरिनुपर्दछ । यहाँ उपचार हुने रोगको उपचार गर्ने क्रममा अन्यत्र रेफर नहोस्,’ उनले भने, ‘यहीँ उपचार हुने बातवरण बनाउनुपर्दछ । यहाँ आउने विरामी अन्यत्र जानु नपरोस् । त्यसमा ध्यान दिनुपर्दछ ।’

स्वास्थ्य मन्त्रीले पूर्वाञ्चल विश्वविद्यालय र कोशीलाई मिलाएर मेडिकल कलेज खोल्ने विषयमा पनि छलफल भएको बताए । ‘यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिसहित हामीले मेडिकल कलेजको लागि छलफल गरेका छौं,’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधिहरूले पनि चासो देखाउनुभएको छ ।’
सरकारी अस्पतालले विरामीलाई गुणस्तरीय र छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने उनले बताए । ‘सरकारी अस्पतालमा भित्र उपकरणहरु प्रयोग नगरेको कारणले विरामी बाहिर पठाउने गरेको आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘यस्तो आरोप आउनु दिनु हँुदैन । सरकारी अस्पताल राम्रो र गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा चिनाउन सबै लाग्नुपर्नेछ ।’

कार्यक्रममा शहरी विकास मन्त्री मेटमणी चौधरीले कोशी अस्पतालको मेडिकल भवन निर्माणले नेपालको पूर्व क्षेत्रको लागि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने बताए । स्वास्थ्य जस्तो महत्वपूर्ण भवन निर्माण समयमै गुणस्तरीय निर्माण गर्न मन्त्री चौधरीले निर्देशन दिए ।

कार्यक्रममा कोशी अस्पतलाका प्रमुख डा. लक्ष्मीनारायण यादवले आफु कार्यभार सम्हालेपछि कोशी अस्पताल सुधारमा लागि परेको बताए । ‘कोशी अस्पतालको आइसियू यसअघि १२ शैय्या मात्र संचालनमा रहेको थियो । अहिले भेन्टिलेटरसहित २४ शैय्यामा संचालनमा रहेको छ ।’ उनले प्रयोगशालामा थप जाँच पनि सुरु गरेको बताए । अस्पतालभित्र एभि फिस्टुला पनि सुरु भएको उनले बताए । चाँडै कोशीमा आउने विरामीलाई सहजताको लागि ओपीडि एप बनाउने तयारी सुरु गरिएको उनले बताए । यो एप्स बनेपछि घरबाटै विरामीले ओपीडीको टिकट काट्ने वातवरण हुने उनले बताए । कोशी अस्पताल भित्र चार सय परिवारको लागि आवास गृहको पनि तयारी गरिएको उनले बताए ।

शुक्रबार, ०१ पुष, २०७९, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर