हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश : मन्त्री कार्की

हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश : मन्त्री कार्की

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याउने लागिएको बताएका छन ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याउने लागिएको बताएका हुन्।

उनले विगतका सरकारहरुले पनि यस्तो प्रकृतिका अध्यादेशहरु ल्याएको स्मरण गराउँदै मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निमित्त अध्यादेश ल्याउने निर्णय गरिएको पनि जिकिर गरे।

‘विगतका सरकारले पनि यस किसिमका अध्यादेशहरु जारी गरेको छ। यस किसिमले माफी दिने कुराहरु सहमति गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने, ‘यो अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निमित्त सम्माननीय राष्ट्रपतिमा मन्त्रिपरिषदले सिफारिस गरेको छ।’

अध्यादेशको चौतर्फि विरोध भइरहेका बेला मन्त्री कार्कीले यस्तो बताएका हुन ।