ओखलढुंगा । बच्चा जन्मिएपछि पालिकाले बच्चाको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले पालिकाभित्र बच्चा जन्मिने बित्तिकै उनीहरुको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको हो ।
आर्थिक वर्ष २०७९/०८० को नाबालक खाता कार्यक्रम अन्तर्गत पालिकामा जन्मिने बच्चाहरुको नाममा पाँच हजार बचत गरिने गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । बच्चा जन्मिनासाथ उनीहरुको नाममा बैंकमा खाता खोलेर गाउँपालिकाबाट पाँचहजार बचत गरिदेने अध्यक्ष राईले बताए ।
उक्त बचत रकम बालबालिका १६ वर्ष पुगेपछि मात्र निकाल्ने व्यवस्था गरिएको अध्यक्ष राईको भनाइ छ । बालिबालिकाको उच्च शिक्षा अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
उक्त सेवा लिनका लागि गर्भावस्थामा मापदण्डअनुसार अनिवार्य रुपमा स्वास्थ्य संस्थामा परीक्षण गरेको र स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । यो सुविधा बालकबालिका दुबैले पाउनेछन् ।