इनरुवामा पनि चल्यो अतिक्रमित संरचनामा डोजर

इटहरी । पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाको कार्यालयले मंगलबारबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।

नगरपालिकाले जारी गरेको ३५ दिने र अन्तिम पटकको ३ दिने सूचनालाई पनि वेवास्ता भएपछि नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएको हो ।

मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन्। व्यापारी र केही स्थानीयको अवरोधबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ।

नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ। सडकपेटी खाली गराउन पुगेका नगर प्रमुख भण्डारीले पटक–पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताए।

मङ्गलबार, २० मंसिर, २०७९, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर