विराटनगर । विराटनगरस्थित मोरङ कारागारभित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो ।
नयाँ बन्ने मन्दिरको शिलन्यास शुक्रबार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, कारागारका चौकीदार अभिषेक गिरीले संयुक्त रुपमा मन्दिरको शिलन्यास गरेका छन् ।
चौकीदार गिरीको लगानीमा कारागारभित्र मन्दिर निर्माण हुन लागेको हो । कारागारभित्र कैदीबन्दीहरुलाई पूजापाठमा सहज पु¥याउने उद्देश्यले मन्दिर निर्माण गरिएको चौकीदार गिरीले बताए । उक्त मन्दिर १० देखि १५ लाखको लागतमा निर्माण हुनेछ । दुई महिनाभित्रमा निर्माण पूरा गर्ने गरी काम सुरु भएको छ ।