एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँद्वारा पूर्व युवराज पारस शाहसँग भेट

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पूर्व युवराज पारस शाह सँग भेटेका छन ।

प्रसाईँले उक्त भेट अर्थपूर्ण रहेको बताएका छन्। शनिबार शाहसँग भेट भएको प्रसाईँले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

भेटमा दुबैबिच देशको पछिल्लो राजनीतिक तथा आर्थिक विषयमा कुराकानी भएको प्रसाईँले बताए।

प्रतिनिधि सभा निर्वाचनमा झापा–३ बाट चुनाव लड्न तयारी गरेका प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि असन्तुष्ट रहँदै आएका छन्।

शनिबार, १७ मंसिर, २०७९, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर