विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले डा. शेखर कोइरालाई भेटेर बधाई दिएका छन् ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा पुगेर महतले बधाइ दिएका हुन । महतले कोइरालाई खादा लगाएर लडडु खुवाउँदै निर्वाचन जितेकोमा बधाई दिएका हुन् ।
कोइरालाको मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
पार्टीमा फरक खेमामा रहेको यी दुई नेताको बधाई साटासाटको तस्वीर सोसल मिडियामा सार्वजनिक गर्दै कांग्रेस कार्यकर्ताहरूले उत्सुकतापूर्वक प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।