मोर्डन एरा लिटल च्याम्सको पहिलो अडिसन सकियो, २ सय २ जना छनौट

विराटनगर । विराटनगर ३ मा रहेको मोर्डन एरा स्कुलले ‘मोर्डन एरा लिटल च्याम्स’ प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा शुक्रबार पहिलो छनोट चरणको अडिसन भएको छ ।

विद्यालयमा अध्ययनरत ५४३ जना विद्यार्थीहरु पहिलो चरणको अडिसनमा सहभागि भएका थिए । पहिलो अडिसनबाट २०२ विद्यार्थीहरु छनोट भएका छन् । विद्यालयले गायन,नृत्य र मोडलिङ गरि ३ विद्यामा विद्यार्थीहरुलाइ प्रतिष्पर्धा गराएको थियो ।

कार्यक्रम पहिलो, दोस्रो, तेस्रो र फाइनर गरि चार चरणमा सम्पन्न हुने भएको छ । तेस्रो चरणमा सहभागि विद्यार्थीहरु मध्ये ३० जना छनोट गरि फाइनल राउण्डमा पहिलो, दोस्रो र तेस्रो विजेतालाइ ट्रफि,गिफ्ट हेम्पर र छात्रावृतिद्वारा पुरस्कृत गरिने विद्यालयले जनाएको छ । फाइनल चरण माघ ६ र ७ गते भव्य कार्यक्रमका गरि सम्पन्न गरिने भएको छ ।

विद्यार्थीहरुलाइ विभिन्न क्षेत्रमा अग्रसर गराउन साथै उनीहरुका प्रतिभा प्रस्फुटन गराउनका लागि मोर्डन एराले यस्ताखाले कार्यक्रमको आयोजना गर्दै आइरहेको प्रिन्सिपल इन्द्र राइले बताए । मोर्डन एरा लिटल च्याम्सले मोर्डन एरा विद्यालयका विद्यार्थीहरुलाइ हरेक क्षेत्रमा अव्बल रहन सहयोग गर्ने समेत उनले बताए ।
कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटनमा ठुलो सहयोग मिल्ने बताए । उनले यस्ताखाले कार्यक्रमले विद्यालयले हरेक क्षेत्रमा अव्बल रहेको बताए ।

गोविन्द निरौलाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकी प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा चर्चित नायक रमित ढुङगाना, इडेन स्कुलका प्रिन्सिपल तारा श्रेष्ठ , डाँन बोर्डिङ स्कुलका प्रिन्सिपल हिरा थापा लगायतको सहभागिता रहेको थियो । मोर्डन एरा लिटल च्याम्सको पहिलो शृङखलामा गायन तर्फ दिपेन थापा, नृत्य तर्फ सरोज कामत ,सन्तोष राजवंशी , मोडलिङ तर्फ इनुश्री राइ र अम्बिका श्रेष्ठ निर्णायक रहेका थिए ।

शनिबार, १७ मंसिर, २०७९, दिउँसोको ०१:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर